पोखरा । अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा गायिका तथा मोडल ज्योती मगरको प्रस्तुतीमार्फत दर्शकहरुले भरपुर मनोरन्जन लिएका छन् । महोत्सवमा बिहीबार लोकदोहोरी गायिका तथा मोडल ज्योती मगरको प्रस्तुती रहेको थियो ।
ज्योतीसंगै महोत्सवमा जीवन दाहाल, शिवहरी ढुंगाना, शंकर पन्त, सीता परियार, पुजा तामाङ, तुलसा जिसी, माधव चापागाईं, नेत्र खड्कालगायतको दोहोरी प्रस्तुतीमार्फत दर्शकहरुले भरपुर मनोरञ्जन लिएका थिए ।
त्यसैगरी साँझको लाइभ ब्याण्डतर्फ सविन राई एण्ड द फेरोहको प्रस्तुतीमार्फत युवाहरुले मनोरञ्जन लिए । युवाहरु माझ चर्चित सविन राईंले आफ्नो प्रस्तुती राख्दा दर्शकहरु निकै उत्साहित बनेका थिए । नवौं दिनसम्म आइपुग्दा महोत्सवमा दर्शकको भीड बढ्दै गएको छ । महोत्सवमा दर्शकको भीडसंगै कारोबार समेत बढेको प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
महोत्सवमा शुक्रबार लोकदोहोरी तर्फ आलिफ खान, जीवन दाहाल, शिवहरी ढुंगाना, रेशम निर्दोश, ज्योती लोहोनी, कमला गैरे, जुना क्षेत्री, टेक क्षेत्रीको प्रस्तुती रहने छ भने, नेत्रपाणी बास्तोलाले कार्यक्रम सञ्चालन गर्नेछन् ।
त्यसैगरी हाँस्यतर्फ राजेन्द्र गिरी, जादुगर गुन्द्रुके, मुना गिरीको प्रस्तुतिसंगै डान्स जादु प्रस्तुती रहने छ भने २३ इन्चको मनोज गोर्खालीको डान्स प्रस्तुती रहने छ । त्यसैगरी लाइभ ब्याण्ड तर्फ अनुप्रस्थाको प्रस्तुती रहने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
त्यसैगरी महोत्सवमा जारी विद्यालय स्तरिय लोक नृत्य प्रतियोगितामा मेरिगोल्ड बोर्डिङ स्कुल अघिल्लो चरणमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न पहिलो चरणको प्रतियोगितामा अमरसिंह मावि, श्री नव प्रभात सेकेण्डरी स्कुल, मेरिगोल्ड इङलिस बोर्डिङ स्कुल, श्री सिद्ध मावि र बाल कल्याण माविबीच भएको प्रतिस्पर्धामा मेरिगोल्ड बोडिङ स्कुल अघिल्लो चरणमा प्रवेश गरेको हो । विद्यालय स्तरिय लोकनृत्य प्रतियोगितामा माघ ८ गते भ्यु प्वाइन्ट बोडिङ स्कुल, मेट्रोपोलिटन एकेडेमी, कास्की मोर्डनाइज र मेरिगोल्ड बोर्डिङ स्कुलबीच फाइनल प्रतिस्पर्धा हुनेछ ।
Comments are closed.