काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको विदेशी मुद्रा विनिमयदर सार्वजनिक गरेको छ ।नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको विदेशी मुद्रा विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १२९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १३० रुपैया ४८ पैसा रहेको छ । अघिल्लो दिनको तुलनामा शुक्रबार अमेरिकी डलरको मूल्य केही पैसा बढेको छ ।
त्यस्तै,आजको विनिमयदर अनुसार युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ५९ पैसा र बिक्रीदर १४१ रुपैयाँ २४ पैसा, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८९रुपैयाँ ४० पैसा र बिक्रीमा ८९रुपैयाँ ८९ पैसा राष्ट्र बैंकले तोकेको छ । युरो र अष्ट्रेलियन डलर बिहीबारको तुलनामा शुक्रबार केही घटेको छ ।
त्यसैगरी, शुक्रबार जापानिज येन १० को खरिद मूल्य १० रुपैयाँ १२ पैसा र बिक्री मूल्य १० रुपैयाँ १६ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३४ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३४ रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ ६३ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ७९पैसा राष्ट्र बैंकले तोकेको छ ।मलेसियन रिंग्गेट एकको खरिद मूल्य ३० रुपैयाँ १५ पैसा र बिक्री मूल्य ३० रुपैयाँ २९ पैसा राष्ट्र बैंकले कायम गरेको छ ।
आजको मुद्राविनिमयदर सम्रगहमा हेर्दा केही देशको मुद्रा विनिमयदर बढेको देखिन्छ भने केही देशको मुद्रा घटेको देखिन्छ । मुद्रा विनिमय दर घट्दा रेमिटेन्समा केही असर पर्ने देखिन्छ ।
Comments are closed.