काठमाडौं । नेपाली बजारमा साताको अन्तिम कारोबारको दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । बिहीबार स्थिर रहेको छापावाल सुन शुक्रबार भने तोलामा ७ सय रुपैयाँले बढेको छ ।
तोलामा ७ सयले बढेसँगै आज छापावाल सुन प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार छापावाल सुन तोलाको १ लाख ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंले सार्वजनिक गरेको विवरणानुसार शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ७ सय रुपैयाँ नै कायमै भई कारोबार तोकिएको छ ।
हिजो तेजबी सुन तोलाको १ लाख ४ हजार रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला २० रुपैयाँले बढेको छ ।
तोलामा २० रुपैयाँले बढेसँगै शुुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी प्रतितोला १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।ं
Comments are closed.