एभरेष्ट बैंकको खुद नाफा ८९.२९ प्रतिशतले वृद्धि

काठमाडौं । एभरेष्ट बैंकको खुद नाफा ८९.२९ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्ष २०७९/८० को दास्रो त्रैमाससम्म एभरेष्ट बैंकको खुद नाफा ८९.२९ प्रतिशतले बढेर १ अर्ब ५८ करोड ८० लाख ३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा ८३ करोड ८९ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अपरिस्कृत वित्तिय विवरण अनुसार उक्त नाफा बढाउन सफल भएको हो ।यसअवधिमा खुद ब्याज आम्दानी ७२.५६ प्रतिशतले ले बढेर ३ अर्ब ६७ करोड २ लाख ४५ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा ८९.२० प्रतिशतले बढेर २ अर्ब २६ करोड ८४ लाख ७७ हजार रुपैयाँ पुगेको छ ।

पुस मसान्तसम्म आइपुग्दा वितरणयोग्य नाफा २ अर्ब ८४ करोड ६९ लाख रुपैयाँ ६८ पैसा रहेको छ छ । प्रतिसेयर आम्दानी ९ रुपैयाँ ०९ पैसाले बढेर २९ रुपैयाँ ६९ पैसा पुगेको छ ।

प्रतिसेयर नेटवर्थ २२१ रुपैयाँ ३९ पैसा छ ।स्व–पुँजीमा प्रतिफल (आरओई) १३.४१ प्रतिशत रहेको छ । गत वर्षको दोस्रो त्रैमासम्म ०२६ प्रतिशत खराब कर्जा भएकोमा चालु आर्थिक वर्षको त्रैमाससम्म यस्तो खराब कर्जा बढेर ०.५५ प्रतिशत कायम भएको छ ।

You might also like

Comments are closed.