पोखरा महोत्सवमा दर्शकको आकर्षण बढ्दो, एकैदिन १ करोडको कारोबार

जटिल रोगसंग जुध्दै आएकी महिला उद्यमी भट्टराई सम्मानित

पोखरा । अमरसिंह चौरमा जारी एघारौं पोखरा महोत्सवको एघारौ दिन दर्शकको उल्लेख्य सहभागीता रह्यो । महोत्सवमा शनिवार मात्रै ५० हजार दर्शकले अवलोकन गरेका छन् । महोत्सवमा दर्शकको उपस्थितिसंगै कारोबार रकमसमेत बढेको छ । शनिवार करिब एक करोड बरावरको कारोवार भएको महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

यसैबिच एघारौं पोखरा महोत्सवमा सामाजिक ब्याक्तित्व तथा महिला उद्यमी समेत रहेकी लक्ष्मी शर्मा भट्टराई सम्मानित भएकी छिन् । शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवर्द्धनमा काम गर्दै आइरहेको युनाईटेड क्लवले एघारौं पोखरा महोत्सवमा आफ्नो स्वास्थ्य कार्यक्रम अन्तर्गत जटिल रोगसंग जुध्दै अगाडि बढिरहेकी पोखरा १७ कि सामाजिक अभियान्ता भट्टराईलाई नगद, प्रमाण पत्र र दोसल्लासहित सम्मान गरिएको हो।

भट्टराईलाई युनाईटेड क्लबका निवर्तमान अध्यक्ष लालकाजी गुरुङ, संस्थापक अध्यक्ष हिमालय बख्रेल, पूर्व अध्यक्ष सुकबहादुर गुरुङ, क्लवका अध्यक्ष तथा महोत्सव मुल समारोहका संयोजक राजु श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष लोकबहादुर थापा, प्रथम उपाध्यक्ष गणेश तिमिल्सिना, द्धितीय उपाध्यक्ष शान्तबहादुर थापा, महासचिव दिनेश सुनार, कोषाध्यक्ष सूर्यबहादुर बानिया, सचिव पूर्णकला पोख्रेल र कोषाध्यक्ष सीमा गुरुङसहित क्लवका कार्यसमिति सदस्य एवं स्वास्थ्य समिति संयोजक जयराम आचार्यले दोसल्ला, नगद र सम्मानपत्रसहित सम्मान गरेका थिए ।

सो अवसरमा बोल्दै भट्टराईले आफु क्यान्सर जस्तो रोगबाट ग्रसित भइरहदा विभिन्न ब्याक्ति तथा संघ संस्थाको सहयोगले आफुमा आत्मबल बढेको बताउदै स्वास्थ्य क्षेत्रमा समेत काम गर्दै आइरहेको युनाइटेड क्लवले केही आथिक सहयोगसहित सम्मान गरेकोमा धन्यवाद ब्यक्त गरिन् । साथै उनले कुनैपनि रोग लागेकाहरुलाई आत्मबल बढाउने गरी सबैले सहयोग गर्नुपर्नेमा जोड दिइन् । भट्टराई नेपाल सरकार महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट उत्कृष्ट महिला उद्यमीको रुपमा समेत सम्मानित भइसकेकी छन् ।

महोत्सवमा शनिवार चर्चित लोकदोहोरी गायक रामजी खाँडको प्रस्तुतीबाट दर्शकहरुले भरपुर मनोरञ्जन लिए । खाँडसंगै लोकदोहोरी तर्फ जीवन दाहाल, शिवहरी ढुंगाना, कृष्ण अखेली, सुदीप क्षेत्री, घनश्याम रिजाल, सुमन खड्का, सविना गुरुङ, माया केसी, पुजा गुरुङलगायतको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरञ्जन लिए ।

त्यस्तै पुरुषोत्तम भण्डारी (पुर्खे बा)को हास्य प्रहसनद्वारा दर्शकहरुले मनोरन्जन लिनुका साथै साँझको लाइभ ब्याण्डमा युवाहरुबीच चर्चित भिटेनको प्रस्तुतीमा महात्सवमा उपस्थित युवाहरुले भरपुर मनोरञ्जन लिएको प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

महोत्सवको एघारौं दिन आइतबार लोकदोहोरी तर्फ राजु परियार, जीवन दाहाल, अस्मिता डल्लाकोटी, शिवहरी ढुंगाना, सुरेन्द्र गुरुङ, प्रदिप त्रिपाठी, करण तामाङ, मधु चापागाइ, रामजी पौडेल, सिता केसी, रिता कुंवरलगायतको प्रस्तुती रहनेछ । त्यसैगरी सांझको लाइभ कन्सर्ट तर्फ दीक्षिता कार्कीको प्रस्तुती रहनेछ । आइतबार विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिताको समेत फाइनल हुनेछ ।

You might also like

Comments are closed.