काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबारको दिन आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार छापावाल सुन तोलामा २ सय रुपैयाँले घटेको छ ।
तोलामा २ सयले घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ हजार रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंले सार्वजनिक गरेको विवरण अनुसार आइतबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ५ सय रुपैयाँ कायम भई करोबार भइरहेको छ ।
त्यसैगरी, शुक्रबार तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्य कायम भई कारोबार भईरहेको महासंघले जनाएको छ ।
Comments are closed.