के तपाई आज विदेशी पैसा साट्न जादैँ हुनुहुन्छ ? यस्तो छ साेमबारको मुद्रा विनिमयदर ?

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । बैंकले अमेरिकी एक डलरको खरिद दर १२९ रूपैयाँ ५० पैसा र बिक्री दर १३० रूपैयाँ १० पैसा कायम भएको जनाएको छ । सोमबार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । आइतबार सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै सोमबार १ युरोको खरिद दर १४० रूपैयाँ ६० पैसा रहेको छ भने बिक्री दर १४१ रूपैयाँ २५ पैसा, अष्ट्रेलियन डलरको खरिद दर ९० रूपैयाँ २२ पैसा र बिक्री दर ९० रूपैयाँ ६४ पैसा राष्ट्र बैंकले कायम गरेको छ । सोमबार युरो, अष्ट्रेलियन डलर आइतबारको भन्दा केही पैसा बढेको छ ।

त्यसैगरी, युके एक पाउन्डको खरिद दर १६० रूपैयाँ ५३ पैसा र बिक्री दर १६१ रूपैयाँ २८ पैसा, स्वीस फ्रान्सको खरिद दर १४० रूपैयाँ ६७ पैसा र बिक्री १४१ रूपैयाँ ३२ पैसा रहेको छ भने क्यानडियन डलरको खरिद दर ९६ रूपैयाँ ७८ पैसा र बिक्री दर ९७रूपैयाँ २३ पैसामा स्थिर रहेको छ । सोमबार पाउन्ड, स्वीस फ्रान्स, क्यानडियन डलरमा पनि केही पैसा बृद्धि भएको छ ।

यस्तै, सोमबार जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ ९९ पैसाँ र बिक्री मूल्य १० रुपैयाँ ०४ पैसा, साउदी अरेवियन रियालको खरिद दर ३४ रूपैयाँ ४८ पैसा र बिक्री दर ३४ रूपैयाँ ६४ पैसा, कतारी रियाल एकको खरिद दर ३५ रूपैयाँ ३५ पैसा र बिक्री दर ३५ रूपैयाँ ५२ पैसा र मलेसियन रिंगिट एकको खरिद दर ३० रूपैयाँ २२ पैसा र बिक्री दर ३० रूपैयाँ ३६ पैसा कायम रहेको छ ।

यस्तो छ आजको मुद्रा विनिमयदर

 

You might also like

Comments are closed.