काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । आइतबार तोलामा २ सयले घटेको छापावाल सुन सोमबार भने तोलामा ३ सय रुपैयाँले बढेको छ ।
तोलामा ३ सय रुपैयाँले बढेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ३ रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंले सार्वजनिक गरेको विवरण अनुसार सोमबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ८ सय रुपैयाँ कायम भई करोबार भइरहेको छ । आइतबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, सोमबार चाँदी तोलामा ५ रुपैयाँले बढेको छ । तोलामा ५ रुपैयाँले बढेसँगै आज चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ८० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । आइतबार चाँदी तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।
Comments are closed.