आज सुनको मूल्य तोलामा १ सयले घट्यो, चाँदीको भाउ स्थिर

काठमाडौ । नेपाली बजारमा  बुधबार सुनको मूल्य सामान्य घटेको छ । बुधबार छापावाल सुन तोलामा १ सय रुपैयाँले घटेको छ ।मंगलबार एकैदिन १ हजार रूपैया बढेपछि सुनको मूल्यले नयाँ रेकड कायम गरेको थियो ।

तोलामा १ सय रुपैयाँले घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६ हजार २ रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार ३ रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंले सार्वजनिक गरेको विवरण अनुसार बुधबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँ कायम भई करोबार भइरहेको छ । मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य स्थिर रहेको छ । मंगलबार प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँका कारोबार भएको चाँदी बुधबार पनि सोही मूल्य कायमै गरिएको महासंघले जनाएको छ । सुन अतिआवश्यक समाग्रीमा नपरेपनि नेपाली समाजमा श्रृगारको रुपमा लगाउने गर्छन् ।पछिल्लो सुनको मूल्य अनुसार सुनको कारोबार गर्न आममानिसको पहुँच बाहिर बन्दै गएको छ ।विवाहको सिजनमा सुनको मूल्य आकासिदै गएपछि आममानिस मर्कामा परेका छन् ।

You might also like

Comments are closed.