काठमाडौं । विद्युतीय सामग्रीको शोरुम बिग डिजिटलले नयाँ अफर सार्वजनिक गरेको छ ।
डिजिटलले यही जनवरी १५ देखि ३ तीन महिनासम्मको लागि नयाँ अफर ल्याएको हो । एनआईसी एसिया बैंकका ग्राहकलाई लक्षित गरी डिजिटलले शुन्य ब्याजदरमा किस्ताबन्दीमा आइफोन लगायत अन्य फोन,ल्यापटप,म्युजिकल इन्टुमेन्ट र घरायसी सामग्रीहरु खरिद गर्न सकिने नयाँ अफर ल्याएको हो ।
जसमा शून्य रुपैयाँ डाउन पेमेन्ट गरेर आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्स खरिद गर्न सकिनेछ । जसमा ग्राहकले निःशुल्क चार्जर पनि पाउने भएका छन् ।
यो अफर एनआईसी एसिया बैंकका ग्राहकले पाउनेछन् । जसका लागि ग्राहकले एनआईसी एसिया बैंकको क्रेडिट कार्ड प्रयोग गरेर किस्ताबन्दीमा विग डिजिटलले बिक्री वितरण गर्ने संम्पुर्ण डिजिटल सामग्रीहरु खरिद गर्न सक्नेछन् ।
नयाँ अफर बिग डिजिटल भक्तपुरको कमलविनायक र ललितपुरको ग्वार्खो शाखामा उपलव्ध छ ।
Comments are closed.