काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
बैंकले बिहीबार सार्वजनिक गरेको मुद्रा विनिमय अनुसार अमेरिकी एक डलरको खरिद दर १३० रूपैयाँ २५ पैसा र बिक्री दर १३० रूपैयाँ ८५पैसा कायम भएको जनाएको छ । आज अमेरिकी डलरको मूूल्य हिजोको भन्दा केही कम भएको छ ।
त्यस्तै, आज १ युरोको खरिद दर १४१ रूपैयाँ ७०पैसा रहेको छ भने बिक्री दर १४२ रूपैयाँ ३५ पैसा, अष्ट्रेलियन डलरको खरिद दर ९२ रूपैयाँ ३५ पैसा र बिक्री दर ९३ रूपैयाँ ७७ पैसा राष्ट्र बैंकले कायम गरेको छ । आज युरो र अष्ट्रेलियन डलर पनि उकालो लागेको छ ।
यस्तै, बिहीबार जापानिज येन १० को खरिद मूल्य १० रुपैयाँ ३ पैसाँ र बिक्री मूल्य १० रुपैयाँ ०८ पैसा, साउदी अरेवियन रियालको खरिद दर ३४ रूपैयाँ ६९ पैसा र बिक्री दर ३४ रूपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिद दर ३५ रूपैयाँ ६१ पैसा र बिक्री दर ३५ रूपैयाँ ८१ पैसा र मलेसियन रिंगिट एकको खरिद दर ३० रूपैयाँ ५६ पैसा र बिक्री दर ३० रूपैयाँ ७१ पैसा राष्ट्र बैंकले तोकेको छ ।
Comments are closed.