अनेरास्ववियुमा झपेन्द्र को प्रवल सम्भावना

काठमाडाैं । एमाले निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनकाे तयारी तीव्ररूपमा हुँदै छ । २०७२ साल पछि हुन नसकेकाे महाधिवेशन यहीं फागुन २–४ गते सम्म काठमाडाैंमा हुने भएकाे हाे । विधान अनुसार हरेक २ वर्षमा हुने महाधिवेशन लामाे समय राेकिदा अध्यक्षका आकांक्षी पनि बढेका छन् ।

आरसी लामिछाने वर्तमान कमिटिका वरिष्ठ उपाध्यक्ष हुन् भने वाङछु योञ्जन लोकेश निरौला, झपिन्द्र खत्री, उमेश आचार्य, मोति विक वर्तमान कमिटिका उपाध्यक्षहरु हुन् । समिक बडाल महासचिव हुन् । आधा दर्जन आकांक्षी देखिए पनि अन्तिममा झपिन्द्र खत्री, आरसी लामिछाने र समिक बडालबीच नै प्रतिष्पर्धा हुने देखिएको छ ! प्रबल सम्भावना बोकेका झपिन्द्र कुमार खत्री हाल उपाध्यक्ष एवं प्रसिक्षण विभाग प्रमुख रहेर संगठन को अग्र मोर्चा माँ छन, २२औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कोषाध्यक्ष खत्री २१औं राष्ट्रिय महाधिवेशन बाट सचिवालय सदस्य माँ स्थापित भएका थिए । २०औ राष्ट्रिय महाधिवेशन बाट केन्द्रिय सदस्य निर्वाचित हुदै गर्दा २०६५ मा निर्वाचित पाटन संयुक्त क्याम्पस को स्ववियु सभापति समेत हुन।

गत असोज (१–२) काठमाडाैं सम्पन्न विधान महाधिवेशनले पदाधिकारी संख्या ३२ बाट १७ मा झार्ने निर्णय गरे पछि पदाधिकारीका आकांक्षीकाे व्यवस्थापन गर्न कठिन हुने देखिन्छ । उक्त निर्णयअनुसार, एक अध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, दश सचिव जसमा ३ महिला अनिवार्य र एक कोषाध्यक्ष चयन हुनेछ । केन्द्रीय कमिटी भने १९९ सदश्यीय हुनेछ ।

२२औँ राष्ट्रिय महाधिवेशन (२०७२ फागुन) मा नविना लामाले अध्यक्षमा निर्वाचित भएकी थिइन् ।

You might also like

Comments are closed.