नेको इन्सुरेन्सको १५.७९ प्रतिशत लाभांश पारित

काठमाडौं । नेको इन्सुरेन्सको वार्षिक साधारण सभाले १५.७९ प्रतिशत लाभांश पारित गरेकाे छ ।

नेको इन्सुरेन्सको आइतबार बसेको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८/०७९ को कम्पनीको वित्तीय विवरण पारित गर्नुका साथै सेयरधनीहरुलाई १५ प्रतिशत बोनश शेयर तथा कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद लाभांश पारित गरेको हो ।

नेको इन्सुरेन्सको २७औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ ।कम्पनी संचालक समितिका अध्यक्ष रोहितकुमार भट्टराईको अध्यक्षतामा संचालित उक्त साधारण सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोककुमार खड्काले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।

उक्त सभाले आर्थिक वर्ष २०७९/०८० को लागि लेखापरीक्षक नियुक्ति अनुमोदन गर्नुको साथै बोनश शेयर जारी पश्चात हुने कम्पनीको पूँजी बृद्धि गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

You might also like

Comments are closed.