काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडको कम्पनीले प्रिमियम मूल्यमा सर्वसाधारणमा आइपीओ निष्कासन गर्ने प्रस्ताव पारित भएको छ ।
आइतबार काठमाडाैंमा सम्पन्न भएको सिटिजन लाइफ इन्स्योरेन्सको पाँचौं वार्षिक साधारण सभाले आइपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेकाे हाे ।
साथै, सभाले अघिल्लो आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै गत आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयलाई समेत पारित गरेको छ ।
कम्पनीले न्युनतम पनि सर्वसाधारणका लागि एक अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको आइपिओ आइपीओ निष्काशन गर्नु पर्नेछ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ७५ करोड रहेको छ ।
यदि १०० रुपैयाँ मात्रै प्रिमियममा आइपीओ निष्काशन गर्यो भने कम्पनीले सर्वसाधारण सेयरधनीबाट एक अर्ब १२ करोड ५० लाख रुपैयाँ संकलन गर्नेछ ।कम्पनीले पूँजी वृद्धिका लागि संस्थापकबाट ५० प्रतिशत पूँजी थप गरेको छ । नेपाल बीमा प्राधिकरणको निर्देशनबमोजिम कम्पनीले ५ अर्ब चुक्तापूँजी कायम गर्नुपर्नेछ ।
Comments are closed.