हेलिकोप्टरमा सवार मन्त्री अधिकारीसहित सबैको मृत्यु

काठमाडौँ, १५ फागुन । पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भएको छ । मन्त्री अधिकारीसहित हेलिकोप्टरमा सवार सम्पूर्णको मृत्युुभएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

बुधबार बिहान काठमाडौंबाट ताप्लेजुङका लागि उडेको हेलिकोप्टर पाथिभरा नजिकै दुर्घटनामा परेको हो । हेलिकप्टर दुर्घटनामा भएको स्थलमा जलेको अवस्थामा शवहरु भेटिएका छन् ।

दुर्घटनामा ज्यान गुमाउनेहरुमा मन्त्री अधिकारीसहित यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका पिएसो अर्जुनकुमार घिमिरे, प्रधानमन्त्री कार्यालयका सल्लाहकार युवराज दाहाल, नेपाल नागरिक उड्न प्राधिकरण इन्जिनियर धुब्रदास भोछिभया, हेलिकप्टर क्याप्टेन प्रभाकर केसी छन् ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.