काठमाडौं । नेपालका लागि सुजुकी चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सीजी होल्डिङ्सले आफुले विक्रि गर्दै आएका सुजुकि व्राण्डका विभिन्न मोडलहरु मध्ये प्रिमियम सेगमेण्टका सवारी साधनहरुको विक्रि व्यवस्थापन गर्न CG|NXTGEN को अवधारणा ल्याईएको हो ।
सोही अवधारणा अन्तर्गत ग्राहकहरुलाई विश्व स्तरिया सेवा सुविधा तथा अनुभव प्रदान गर्ने उद्देश्यका साथ नक्साल काठमाडौंमा कम्पनीको आधिकारिक डिलरको रुपमा स्मार्ट सिरोजेनिक्सलाई नियुक्त गरेको छ । सवारी साधन खरिदकर्ता ग्राहकलाई सवारी साधनको खरिद प्रति उच्च एवं स्मरणीय अनुभव प्रदान गर्नु नै CG|NXTGEN च्यानलको बेन्चमार्क पनि हो ।
ग्राहकहरुलाई सहज र झन्झट मुक्त अनुभव प्रदान गर्न नयाँ सोरुम डिजाईन गरिएको हो । CG|NXTGEN मार्फत सुजुकी व्राण्डका प्रिमियम गाडीहरु उपलब्ध हुनेछन भने ग्राहकवर्गहरुले गाडी खरिद गर्दाको अनुभव फरक र उच्चस्तरीय भएको पाउनेछन् । यही बिश्वासको साथ नक्साल स्थित स्टेट अफ द आर्ट शोरुमबाट ग्राहकहरुले सुजुकीको Grand Vitara, Scross, Ertiga, XL6, Dzire, Ignis, Baleno जस्ता प्रिमियम गाडीहरु खरिद गर्नु सक्नु हुनेछ । शोरुममा टेस्ट राइड, एक्सचेन्ज र फाइनान्सका सुबिधा एउटै छानाबाट उपलब्ध गराईनेछ ।
नक्साल स्थित स्मार्ट सिरोजेनिक्स शोरूमको उद्घाटन सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण कुमार चौधरी र शिरोहिया ग्रुपका अध्यक्ष गोपाल प्रसाद शिरोहियाले संयुक्त रुपमा गरेका छन् ।
स्मार्ट सिरोजेनिक्सका निर्देशक, बिनोद शिरोहियाका अनुसार, “सुजुकी नेपालकै सर्वाधिक बिक्रि हुने अटोमोबाइल ब्रान्ड हो । सुजुकीका कारहरू विश्वसनीय, दक्ष र उच्च परफोरमेन्स लागि परिचित छन् । हामीले आफ्नो यो शोरुम बाट सुजुकीका ग्राहकहरु लाई उत्कृष्ट सेवा प्रदान गर्नेछौ ।”
Comments are closed.