तपाई तरकारी तथा फलफूल किन्न जादैँ हुनुहुन्छ? यस्तो छ आजको मूल्यदर !

काठमाडौं ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारको फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ।

समितिले आज सार्वजनिक गरेको मूल्य सूचि अनुसार औसत मूल्य अनुसार कालो अंगर प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, अमला ७० रुपैयाँ, किवि ३५० रुपैयाँ र अम्बा १०० रुपैयाँ, भारतीय सुन्तला १३० रुपैयाँ, अनार २५० रुपैयाँ र आभोकाडो ५ सय रुपैयाँमा रहेको छ ।

सोमबार गान्टे मूला ६० रुपैयाँ, गुन्दुक २५० रुपैयाँ, राजमा घिउ सिमी ९० रुपैयाँ, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँ, चमसूरको साग ४० रुपैयाँ, कन्य च्याउ १३० रुपैयाँ, डल्ले च्याउ २५० रुपैयाँ, तितो करेला १२० रुपैयाँ मुल्य तोकिएको छ ।

त्यस्तै, सेतो आलु १७ रुपैयाँ, स्थानीय काउली १५ रुपैयाँ, कागती २१० रुपैयाँ, ताजा छडी माछा प्रतिकेजी २४० रुपैयाँ, बचुवा माछा २६० रुपैयाँ साथै मंगुरी माछा ३१० रुपैयाँ केजी र रहु माछा ३३० रुपैयाँ केजी नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, अदुवा ९० रुपैयाँ, रातो आलु २५ रुपैया, सुकेको खुर्सानी ४०० रुपैयाँ र हरियो खुर्सानी ९० रुपैयाँ प्रतिकेजी कायम गरिएको छ ।

त्यसैगरी, पुदीना २५० रुपैयाँ, लोकल बन्दा १५ रुपैयाँ, ब्रोबाउली ३५ रुपैयाँ, भान्टा लाम्चो ६० रुपैयाँ, भिण्डी ११० रुपैया केजी र हरियो धनिया ३० रुपैयाँ, तोरीको साग २० रुपैया, भारतीय सुकेको प्याज ३० रुपैयाँ, हरियो प्याज ३० रुपैयाँ, रहेको छ ।

You might also like

Comments are closed.