सुनको मूल्य फेरि तोलामा ५ सयले बढ्यो, बजारमा कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । मंगलबार स्थिर रहेको सुनचाँदीको मूल्य बुधबार भने बढेको छ । साताको चौथो कारोबार दिन बुधबार छापावाल सुन तोलामा ५ सय रुपैयाँले बढेको हो ।

तोलामा ५ सय रुपैयाँले बढी बुधबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।मंगलबार छापावाल सुन तोलाको १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, बुधबार तेजाबी सुन प्रतितोला १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार तेजाबी सुन प्रतितोला १ लाख १ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य बुधबार १५ रुपैयाँले बढेको छ । बुधबार चाँदी १५ रुपैयाँले बढी तोलाको १ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी तोलाको १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

पछिल्लो समयमा सुनचाँदीको मूल्यमा उतारचढाव कायमै रहेको छ । केही महिना यता सुनको मूल्य १ लाख भन्दा मुनी झर्न सकेको छैन । जसको कारण आममानिसलाई सुनको कारोबार गर्न हम्मेहम्मे परेको छ ।

 

You might also like

Comments are closed.