काठमाडौं । बिवाईडी गाडीको खरिदमा कुमारी बैंकले विशेष छुटसहित सहुलियत कर्जा प्रदान गर्ने भएको छ । बिवाइडी विद्युतीय गाडीको लागि नेपालको आधिकारिक बितरक साइमेक्स इंक प्रालि र कुमारी बैंकबीच बुधबार एक कार्यक्रमबीच सहकार्यको सम्झौता भएको छ ।
बिवाइडी गाडीका ग्राहकलाई कुमारी बैंकबाट सहज रुपमा बैंकिङ सेवा प्रदान गर्ने र २० प्रतिशत डाउनपेमेन्ट गरी ८० प्रतिशतसम्म फाइनान्स सुविधा उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । बैंकले विद्युतीय गाडी खरिदमा ८ वर्षसम्मको फाइनान्स सुविधा उपलब्ध गराउनेछ ।
सम्झौतासँगै बिवाइडी गाडी खरिद गर्ने ग्राहकहरु बैंकिङ सेवामा प्रत्यक्ष लाभ मिल्ने कम्पनीले विश्वास लिएको साइमेक्स इंक प्रालिका प्रवन्ध निर्देशक यमुना श्रेष्ठले बताइन् । ‘बैंकसँगको सम्झौताले बिवाइडीका ग्राहकहरु प्रत्यक्ष लाभान्वित हुनेमा हामी विश्वस्त छौं,’ उनले भनिन् ।
कुमारी बैंकका देशभर रहेका शाखाबाट बिवाइडीका ग्राहकले फाइनान्स सुविधा लिन सक्नेछन् । सेवा शुल्कमा पनि विशेष छुट प्रदान हुने जनाइएको छ ।
बिवाइडीले नेपाली बजारमा हालै एट्टो ३ गाडी सार्वजनिक गरेको छ । उक्त गाडी देशभरबाट बुकिङ भइरहेको कम्पनीले जनाएको छ । बिवाइडी इ६ पनि नेपाली बजारमा लोकप्रिय छ ।
Comments are closed.