जीवन विकास लघुवित्त वित्तीय संस्थाको साधारणसभा चैत ३० गते हुने

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको साधारणसभा चैत ३० गते हुने भएको छ । वित्तीय संस्थाको सञ्चालक समितिको बिहीबार बसेको ७४ औं बैठकले संस्थाको केन्द्रीय कार्यालय, कटहरी २, मोरङमा साधारणसभा गर्ने निर्णय गरेको हो ।

साधारणसभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने, बंैक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७९÷०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव साधारणसभामा लगिनेछ ।

jutta mela

सञ्चालक समितिले सिफारिश गरे बमोजिम आर्थिक वर्ष २०७८/०७९ को वितरण योग्य मुनाफाबाट २०७९ असार मसान्तमा कायम रहेको चुक्ता पूँजी १ अर्ब ३ करोड ४२ लाख ८० हजार रुपैयाँको ०.७१४२ प्रतिशतले हुन आउने ७३ लाख ८७ हजार ७ सय १० रुपैैयाँ नगद लाभांश (बोनस शेयरको कर प्रयोजनकालागि) वितरण गर्ने सम्बन्धी प्रस्ताव साधारणसभाले स्वीकृत गर्नेेछ ।

You might also like

Comments are closed.