सोमबार अमेरिकी डलरको मूल्य स्थिर, कुन देशको पैसा कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ।  सोमबार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको खरिद दर १३१ रुपैयाँ ६८ पैसा र बिक्री दर १३२ रुपैयाँ २८ पैसा रहेको छ। आइतबार पनि सोही मूल्यमा अमेरिकी डलरको कारोबार भएको थियो ।

त्यस्तै, आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६१ रुपैयाँ १५ पैसा, युरो एकको खरिद दर १४१ रुपैयाँ ७० पैसा र बिक्री दर १४२ रुपैयाँ ३५ पैसा, बेलायती पाउण्ड एकको खरिद दर १६० रुपैयाँ ०६ पैसा र बिक्रीदर १६१ रुपैयाँ ८० पैसा राष्ट्र बैंकले तोकेको छ ।

त्यसैगरी, सोमबार अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ८७ रूपैयाँ ९१ पैसा, जापानिज येन १० को खरिद मूल्य १० रुपैयाँ ०७ पैसा र बिक्री मूल्य १० रुपैयाँ १२ पैसा , साउदी अरेवियन एक रियालको खरिददर ३५ रूपैयाँ ०५ पैसा र बिक्री दर ३५ रूपैयाँ २१पैसा , कतारी रियाल एकको मूल्य खरिद दर ३५ रुपैयाँ ९५ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा र मलेसियन रिंगिट एकको खरिद दर २९ रूपैयाँ ७४ पैसा र बिक्री दर २९ रूपैयाँ ८७ पैसा राष्ट्र बैंकले तोकेको छ ।

समग्रमा साताको दोस्रो कारोबारको दिन सोमबार केही देशको पैसाको मूल्य स्थिर रहेको छ भने केही देशको मूल्य बढ्नुका साथै केही देशको पैसाको मूल्य घटेको छ ।

You might also like

Comments are closed.