एनआइसी एशिया लघवित्तद्वारा देशव्यापी वित्तीय साक्षरता कायक्रम सचालन

काठमाडौं ।  एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले देशभरीका बिभिन्न स्थानहरुमा विश्व वित्तीय सप्ताह २०२३ को अवसरमा देशव्यापी रुपमा वित्तीय साक्षरता अभिमुखीकरण तथा सो सम्बन्धी र्‍याली कार्यक्रम संचालन गरेको छ ।

विश्व वित्तीय सप्ताह २०२३ लाई सार्थक र सफल पार्न ग्रामिण समुदायमा लक्षित गरी वित्तीय सचेतना फैलाउने उद्देश्यका साथ देशैभरी वित्तीय साक्षरता सम्बन्धी अभिमुखिकरण तथा र्‍याली कार्यक्रमको आयोजना गरिएको हो ।

लघुवित्त वित्तीय संस्थासँग आबद्ध सदस्यहरु तथा लघुवित्तका कर्मचारीहरुको सहभागिता रहेका कार्यक्रहरु मधेश प्रदेश अन्तर्गतका बर्दिबास, बट्टेश्वर, कल्याणपुर, कोशी प्रदेश अन्तर्गतका भद्रपुर र धाईजान, गण्डकी प्रदेश अन्तर्गतको क्यामिन (आबुखैरेनी), लुम्विनी प्रदेश अन्तर्गतको महाराजगञ्ज (डुमरा) तथा सुदुरपश्चिम प्रदेश अन्तर्गतको बहुनिया आदि स्थानहरुमा वित्तीय साक्षरता अभिमुखीकरणका साथै वित्तीय साक्षरता झल्काउने नाराहरुको प्लेकार्ड सहितको र्‍याली कार्यक्रम संचालन भएका हुन्, जसबाट समुदायस्तरमा रहेका सदस्यहरुलाई वित्तीय कारोवार, दैनिक आम्दानी तथा खर्चको विश्लेषण गर्न, वचत गर्ने बानी, कर्जाको सही सदुपयोग, वित्तीय सेवा सम्बन्धी ज्ञान, व्यवसाय व्यवस्थापन, बीमा, विप्रेषण आदि जस्ता कुराहरुमा चेतना बृद्धि भई आर्थिक व्यवस्थापनमा सहज हुने विश्वास संस्थाले लिएको छ ।

“साथी संगै सबल बन्दै” भन्ने मुल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको यस एनआइसी एशिया लघुवित्त वित्तीय संस्था देशकै सबै भन्दा ठूलो शाखा सञ्जाल र देशकै एक ठुलो सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित भइरहेको छ ।

त्यस्तै, उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, दार्चुला, जाजरकोट, बैतडी, अछाम, बजाङ, सल्यान, रसुवा, सिन्धुपाल्चोक जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्युन रहेको दुर्गम जिल्लाहरु सहित नेपाल भरी आफ्ना २८७ शाखाहरु मार्फत २ लाख भन्दाबढी न्यून आय भएका तथा साना तथा मझौला उद्यमी सदस्यहरुलाइ गुणस्तरीय वित्तीय सेवा तथा गैह्रवित्तीय सेवा उपलब्ध गराउदै आएको र आगामी दिनहरुमा पनि सोहि अनुरुप कार्य गर्नेछ ।

काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा यस लघुवित्तको कर्पोरेट कार्यालय रहेको छ ।

You might also like

Comments are closed.