रोयल इन्फिल्ड मोटरसाइकलको ‘एक्सचेन्ज मेला’ आजदेखि सुरु

काठमाडौं । रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले ‘एक्सचेन्ज मेला’ कार्यक्रम आजदेखि सुरु भएको छ । उक्त मेला आजदेखि शुरु भएको उक्त मेला आगामी चैत १७ सम्म चल्ने छ ।

सो मेलामा ग्राहकहरूलाई स्पट एक्सचेन्ज, बेस्ट भ्याल्युएसन र स्पट फाइनान्सको सुविधा उपलब्ध हुनेछ । साथसाथै ग्राहकले क्लासिक ३५० सीसी कालो रङको रोयल इन्फिल्ड मोटरसाइकल खरिद गर्दा विशेष अफर अन्तर्गत १५ हजार मूल्य बराबरको जेन्युइन मोटरसाइकल एसेसरिज पनि प्राप्त गर्नेछन् ।

यी सुविधाहरूले ग्राहकहरूलाई पुरानो दुई पाङ्ग्रे सवारीसाधनसँग नयाँ रोयल इन्फिल्ड मोटरसाइकल साट्न उत्प्रेरित गर्ने कम्पनीको भनाइ छ । रोयल इन्फिल्डले आफ्नो नेपालभरको शोरूम र डिलर पोइन्टबाट यो कार्यक्रम आयोजना गर्नेछ ।

jutta mela

ग्राहकसँग आफ्नो मोटरसाइकलको बेस्ट भ्याल्युएसनका लागि विभिन्न एक्सचेन्ज हाउसहरूको विकल्पहरू हुनेछ भने स्पट फाइनान्सको लागि वित्तीय संस्था हुनेछन्। यी सबै सुविधाहरूका साथ ग्राहकहरूले नयाँ रोयल इन्फिल्ड मोटरसाइकल किन्न बिना झन्झट स्पट एक्सचेन्ज प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ ।नेपाल अटो

You might also like

Comments are closed.