काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण आज फेरि बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एक हजार ७९ जनामा गरिएको परीक्षणमा एक सय ४२ जनामा संक्रमण देखिएको छ ।
यसअघि चैत १६ गते ४२, चैत १५ गते ३४, चैत १४ गते २४ र चैत १३ गते ६९ जनामा संक्रमण देखिएको थियो । सङ्क्रमित बढेसँगै सक्रिय संक्रमित पनि बढेको पाइएको छ । आज सक्रिय संक्रमितको सङ्ख्या एक सय ६३ पुगेको छ ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले भारतमा सङ्क्रमण बढिरहेकाले खुला सीमा नाका कारणले त्यसको असर नेपालमा परेको बताए । उनले खुला सीमा नाकाबाट संक्रमित नेपाल भित्रिएको हुनाले संक्रमण बढेको बताए ।
भारतको उत्तर प्रदेशमा संक्रमण बढिरहेको छ । मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ । अहिले उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान सञ्चालन भइरहेको छ । रासस
Comments are closed.