पाइप चुहावटबाट हुने भयावह अवस्थाको पूर्ण समाधान – म्याजिक लक

काठमाडौं । एस. एल. आर टेक्नो एण्ड ट्रेड प्रा. लि ले भारतीय कम्पनी म्याजिक लक डीसी प्रा. ली सँग ग्याँस विस्फोट तथा लिकेज जस्तो जोखिम न्यूनिकरण गर्ने उद्देश्यले उक्त प्रा।लि बाट सफल परीक्षण पशचात् उत्पादित म्याजिक लकू को नेपालका लागी आधाकारीक तथा विशेष वितरक‌को रूपमा सम्झौता गरेको छ । भारतमा उक्त म्याजिक लक लाई आजको मितिमा घरायसीको साथसाथै व्यापारिक क्षेत्रमा समेत उत्तिकै रुचाइएको छ ।

अध्ययन र खोजको आधारमा, सामन्य तह ८०५ प्रमाणित एल. पी. जी सम्वन्धित भयावह घटनाहरू रेगुलेटर र चुलोसंग जोडिने पाइपको हुने ग्याँस चुहावटका कारण हुने गर्छ। बढ्दो आधुनिकरण र व्यस्तताको कारण सचेत र चनाखो रहँदा रहँदै यस्ता घटनाहरू भइरहेको र यसको केही हद‌सम्म न्यूनिकरणको प्रयास सँधै भइरहेको देखिन्छ ।

भारतमा यहि खोज र प्रयासको दौरान विकास भएको म्याजिक लक डी सी प्रा.लिंका यस उत्पादन्‌ले सबै एल. पी. जी प्रयोगकर्ताले खोजेको पाइपबाट ग्यास लिक भई त्यसबाट भइरहेको मानविय र भौतिक क्षति व्यहोर्नुपर्ने समस्याको समाधान प्रदान गरेको पाइएको छ।

भारतीय समकक्षबाट प्राप्त गरेको यस उत्पादन सम्बधिको जानकारी र देशकै सर्वश्रेष्ठ एल. पी. जी वोतलर र एल. पी.जी को उपभोकको रुपमा यस प्रा. लिले गरेका गहिरो अनुसन्धान र सफल परिक्षणको आधारमा प्रा. लि यस उत्पादनको प्रयोगले समस्त एल. पी. जी प्रयोगकर्ताहरूलाई पाइपबाट हुने लिकेज र त्यसबाट हुने धनजनको हानीबाट सुरक्षा प्रदान गर्ने कम्पनीको भनाई रहेको छ ।

न्यूनतम लागतमा अधिकतम सुरक्षा प्रदान गर्ने यस उत्पादनले, छिट्टै बजार मात्र नलिई, धेरै नेपालि जनताको विश्वास जित्ने कुरामा प्रा.लि.विश्वस्त रहेको छ ।

ग्यास लिक र यसबाट हुने हानी नोक्सानीको अवस्था ज्यादै भयावह रहने र हामी नेपालीहरू यस्ता घटना सदा झैँ सुन्दै भोग्दै आउनु परेको यर्थाथलाई मध्यनजर गर्दै यस्ता जोखिमलाई केहि हद सम्म न्यूनिकरण गर्ने उद्देश्य लिएर यस उत्पादनलाई नेपाली बजारमा उपलब्ध गराई हरेक घर, फिस, होटल, र रेस्टुरेन्ट , कल कारखाना, विद्यालय आदि इत्यादि स्थानलाई सुरक्षित बनाउदै अघि बढ्यको यस प्रा.लिले यो उत्पादनलाई अनलाईन (फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युब० तथा अफलाईन स्टोर देश भरका ग्याँस तथा एफ एम सी जी डीलरहरू मार्फत ग्राहक सामु पुर्याउने तयारी गरेको छ ।

एस. एल. आर टेक्नो एण्ड ट्रेड प्रा. लिमिटेड जुन एस.जी. ग्रुप आन्तार्गत पर्दछ जसले एल.पी.जी. बोटलिङ, अटोमोबाइल, हाइड्रोपावर, बैकिङ्ग, चिया, पेट्रोलियम उत्पादन वितरण आदि जस्ता विभिन्न क्षेत्रहरूमा संलगन रहेको छ।

यस कम्पनी को मुख्य दक्षता एल. पी. जी। बोटलिङ समूहको हो जसमा ७ (सुगम, सहारा, साइपाल, प्रिमा, कामाख्या, त्रिसुल) विभिन्न ग्यास ब्रान्डहरू हाल देशभर मुख्य समूह एभरेष्ट ग्यास संसार अन्तर्गत सञ्चालन भइरहेका छन् जसले नेपालमा सबैभन्दा ठूलो एलपी ग्यास प्रदायक बनाएको छ।

You might also like

Comments are closed.