रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा घातक रोग सुविधा बापतको रकम हस्तान्तरण

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले घातक रोग सुविधा बापतको रकम हस्तान्तरण गरेको छ ।

दमक शाखाबाट २०७८ असार २७ गते बिमाङ्क रकम ५ लाख रुपैयाँको जीवन वीमा गरेका गौरादह-४ झापा निवासी बीमित गोमा श्रेष्ठलाई घातक रोग सुविधा वापत ५ लाख रुपैयाँ दावी भुक्तानी गरिएको हो । बुधबार उक्त रकम हस्तान्तरण गरिएको हो ।

प्रमुख अतिथि उपमेयर जल वर्षा राजवंशी, विषेश अतिथि वडा अध्यक्ष दुर्गामणि बस्नेत र वडा सदस्यहरु सूर्य सुब्बा, तुलसा कंडेल, निर्मला कार्कीको उपस्थितिमा कम्पनीका प्रदेश १ का उपप्रमुख तौफिक अहमद शेखले चेक हस्तान्तरण गरेका हुन् ।

वीमितहरुलाई समयमा नै दावी भुक्तानी गर्नु कम्पनीको दायित्व भएको हुँदा दाव भुक्तानी यथासिघ्र गर्ने कम्पनीको नीति अनुरुप दावी भुक्तानी प्रदान गरिएको शेखले बताए ।

You might also like

Comments are closed.