पोखरा । नेपाल लाइफ इन्स्योरेन्सको आयोजनामा रक्तदना कार्यक्रम सम्पन्न भएको छ । २३ औं वार्षिकोत्सवको अवसरमा सम्पन्न सो कार्यक्रममा ५६ युनिट रगत संकलन भएको छ ।
नेपाल लाइफ इन्स्योरेन्स गण्डकी प्रदेश प्रमुख अनन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल विमा प्राधिकरण गण्डकी प्रदेश निमित्त प्रदेश प्रमुख सुन्दर प्रसाद शर्मा प्रमुख अतिथि थिए ।
कार्यक्रममा प्रादेशिक रक्तसंचार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवाली, निप्स पोखरा च्यापटर का अध्यक्ष दिपकराज तिवारी , महासचिव बद्रिनाथ पौडेल, अकस्मिक रक्तदान संयोजक नेत्रप्रसाद ढकाल, नेपाल लाइफ इन्स्योरेन्स गण्डकी प्रदेश संचालन प्रमुख विष्णु बहादुर अधिकारी, नेपाल लाइफ इन्स्योरेन्स पोखरा शाखाका शाखा प्रमुख उपेन्द्र तिमिल्सिना , अभिकर्ता संघ पोखरा शाखाका अध्यक्ष तारा देवि वराल लगायत सहभागि थिए ।
शाखा प्रमुख उपेन्द्र तिमिल्सिनाले स्वागत गरेको सो कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स पोखरा शाखाका वरिष्ठ एजेन्सी म्यानेजर दामोदर सापकोटाले संचालन गरेका थिए ।
Comments are closed.