काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले अभिकर्ताका लागि २ रात ३ दिनको ‘क्रुज डिनर एट नारायणी रिभर कार्यक्रम’ सम्पन्न गरेको छ ।
कम्पनीमा कार्यरत अभिकर्ताका लागि २०७९ चैत्र महीनामा सञ्चालन गरेको अभिकर्ता मासिक योजनाअन्तर्गत लक्ष्य पूरा गर्न सफल अभिकर्तालाई नेपालको पर्यटकीयक्षेत्र सौराहा भ्रमण गराउने र नारायणी नदीमा सञ्चालन गरिएको नेपालको एकमात्र क्रुजको यात्रा गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सहित प्रदेश प्रमुख, विभागीय प्रमुख तथा विभिन्न शाखाका शाखा प्रमुखसहित देशैभरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल भएका करीब ४०० जना वरिष्ठ अभिकर्ताले कार्यक्रममा सहभागिता जनाएका थिए ।
साथै, प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको सभापतित्वमा उत्कृष्ट अभिकर्ताको सम्मान कार्यक्रमको आयोजना समेत गरिएको थियो । सो अवसरमा उपस्थित अभिकर्तालाई जीवन बीमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले प्रशिक्षक मनोज भट्टराईबाट उत्तप्रेरणा तथा व्यक्तित्व विकाससम्बन्धी प्रशिक्षण प्रदान गरिएकोे थियो ।
प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले अभिकर्ताको अथक परिश्रम र मेहनतका कारण कम्पनी सधै अब्बल रहने भएकाले अभिकर्ता सञ्जाललाई अझ व्यावसायिक बनाउन यथाशक्य थप लगानी गर्ने र कम्पनीलाई अग्रस्थानमा पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई सधै प्राथमिकतामा राख्ने उद्देश्यले यस्ता कार्यक्रमको आयोजना गरिएको जानकारी गराउँदैै योजनामा छनौट भई सम्मानित हुन सफल अभिकर्तालाई प्रमाण पत्र र मेडल प्रदान गरेका थिए ।
Comments are closed.