नेपाल लाइफ इन्स्योरेन्स २३औं वर्षमा प्रवेश

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी २२ वर्ष पूरा गरी २३औं वर्षमा प्रवेश गरेको छ । २०५८ साल वैशाख २१ गते स्थापित यस कम्पनीले बिहीवार विभिन्न कार्यक्रम गरेर वार्षिकोत्सव मनाएको हो ।

यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले ग्राहक, बीमा अभिकर्ता, संचालक पदाधिकारी, कर्मचारी, शेयर सदस्य , नेपाल बीमा प्राधिकरण, अन्य नियामक निकायलाई धन्यावाद दिए । आगामी दिनहरुमा कम्पनीलाई थप सशक्त बनाउनका निम्ति नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकहरुको सेवाको गुणस्तरियतालाई थप प्रभावकारी बनाउन कम्पनीले समय सुहाँउदो योजना ल्याउने उनले बताए । सम्पूर्ण सरोकारवालाको अपेक्षालाई पूरा गर्न कम्पनी दत्त चित्त भएर लागि पर्ने उनको भनाइ छ ।

२२ वर्ष पूरा गरी २३ वर्षमा प्रवेश गरेको सुखद अवसरमा कम्पनीले सातवटै प्रदेशबाट रक्तदान कार्यक्रम संचालन गरेको छ । उत्त कार्यक्रम मार्फत कोशी प्रदेशको विर्तामोडमा ५६, मधेश प्रदेशको बिरगंजमा १६, बागमती प्रदेशको नारायणघाटमा ३९ र काठमाडौँमा ४१, गण्डकी प्रदेशको पोखरामा ५६, लुम्बिनी प्रदेशको बुटवलमा २५, कर्णाली प्रदेशको सुर्खेतमा ३२ र सुदूरपश्चिमकोे महेन्द्रनगरमा ४५ गरी कुल ३१० पिन्ट रगत संकलन गरिएको छ ।

कम्पनीको २०७९ चैत मसान्तसम्ममा लगानी रू। १६२ दशमलव २८ अर्ब रहेको छ भने जीवन बीमा कोष करीब रू. १५८ अर्ब संचित रहेको बताइएको छ । कम्पनीका १९२ कार्यालय सञ्जालमार्फत जीवन बीमासम्बन्धी सेवा दिँदै आएको छ ।

You might also like

Comments are closed.