शताब्दी पुरुष सत्यमोहन जोशीको कृति प्रकाशनमा महालक्ष्मीको सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शताब्दी पुरुष स्वर्गीय सत्यमोहन जोशीको लोकसाहित्य विकास प्रतिको चाहानालाई सम्मान गर्न जोशीद्वारा रचित बाल साहित्य पुस्तक प्रकाशानर्थ सहयोग प्रदान गरेको छ ।

भाषा, साहित्य तथा संस्कृतिको विकास, संरक्षण तथा नयाँ पुस्तामा लोकसाहित्य हस्तान्तरण गर्न जोशीले पु¥याएको योगदानको कदर गर्दै बैंकले पुस्तक प्रकाशानर्थ आर्थिक सहयोग उपलब्ध गराएको हो ।

प्राज्ञिक तथा साहित्यिक संस्था लोकसाहित्य परिषद् बखुंबहाल, ललितपुरको अगुवाइमा वांगमय शताब्दी पुरुष जोशीद्वारा रचित पुस्तक चखुंचां हाःगु म्ये (भंगेराले गुनगुनाएको गीत) जोशीको १०४ औं जन्म जयन्तीको अवसरमा बुधवार लोर्कापण भएको थियो ।

You might also like

Comments are closed.