विशाल साकोसद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पोखरा । विशाल बचत तथा ऋण सहकारी संस्था लि.पोखरा –४ ले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । संस्थाको वार्षिक कार्य योजना अन्तर्गत स्वास्थ्य उपसमितिको आयोजनामा कार्यक्रम भएको सहकारीले जनाएको छ ।

कास्की जिल्लाको रुपा गाउँपालिका ३ स्थित पोल्याङ्खटार स्थित स्वास्थ्य चौकीमा कार्यक्रम भएको हो । संस्थाका अध्यक्ष भुवन नेम्कुलको अध्यक्षतामा तथा वडा नं ३ का वडा अध्यक्ष दीपेन्द्र गौतमको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो । मणिपाल शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा. सरस्वती ढकाल, डा. प्रिया क्षेत्री, डा. एरिका लामा, डा.एलिशा श्रेष्ठ र वरिष्ठ ल्याब टेक्नोलोजिष्ट सुजन पराजुली लगायतको टोलीले ८८ जना बिरामीहरुको स्वास्थ्य जाँच गराएका छन् । औषधी वितरण र आवश्यक परामर्श समेत प्रदान गरिएको छ ।

वडामा संस्थाका करिब ८० जना सदस्यहरुको बसोवास रहेको र कास्की जिल्ला भित्र नै भएपनि स्वास्थ्य जाँचका निमित्त पोखरासम्म आउनुपर्ने बाध्यतालाई महसुस गर्दै सहकारीले सदस्यहरु प्रतिको दायित्व वहन गर्ने सन्र्दभमा कार्यक्रम गरेको बताइएको छ । संस्थाले विगतका वर्षहरुमा पनि निःशुल्क स्वास्थ्य शिविरहरु गर्दै आइरहेको प्रमुख कार्यकारी अधिकृत सुदीप ढकालले जानकारी दिए ।

उक्त अवसरमा संस्थाका उपाध्यक्ष शिव शर्माले स्वागत मन्तव्य राख्दै स्वास्थ्य नै सबैभन्दा ठूलो धन भएको हुँदा यस्को ख्याल राख्न र रोग लागेमा समयमा नै उपचार गरिहाल्न अनूरोध गरे । कार्यक्रम संयोजक बुद्वि प्रसाद पौडेलल् वित्तीय सहकारीहरु बचत तथा ऋणको मात्र कार्य गर्दछन् भन्ने मान्यताका वावजुद संस्थाले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरु निरन्तर गरिराखेको हँुदा यस स्वास्थ्य शिविरबाट अधिकतम लाभ लिन समेत आग्रह गरे ।

संस्थाका कानुनी सल्लाहकार वरिष्ठ अधिवक्त जगन्नाथ ढकालले विगत २३ वर्षदेखि सदस्य केन्द्रीत व्यवसाय संचालन र सामाजिक दायित्व वहनलाई यस संस्थाले मुख्य व्यवसायको रुपमा संचालन गरेको हुँदा सस्ंथा सदा एउटै गतिमा दीगोपन तर्फ अग्रसर हँुदै गइराखेको बताए ।

कार्यक्रममा बोल्दै प्रमूख अतिथि वडा अध्यक्ष दीपेन्द्र्र गौतमले विशाल बचत तथा ऋण सहकारी संस्थाले कास्कीको दुर्गम गाउँमा आएर निरन्तर गरिरहेको सहयोग अत्यन्तै समय–सान्र्दभिक र महत्वपूर्ण रहेको बताए । ‘संस्थालाई आगामी दिनहरुमा समेत शिक्षा र स्वास्थ्यको क्षेत्रमा निरन्तर सहयोगको लागि मेरो आग्रह छ । हाम्रो तर्फबाट गर्नुपर्ने सहयोग पूर्ण रुपमा रहन्छ,’ उनले भने ।

कार्यक्रम सञ्चालन संस्थाका सचिव तारादेवी पराजुलीले गरेकी थिइन् भने स्वास्थ्य उपसमिति सदस्य सुजन पराजुली, रमादेवी शर्माले शिविरमा सहजीकरण गरेका थिए । संस्थाका अध्यक्ष भुवन नेम्कूलले कार्यक्रम समापन गर्दै सामाजिक क्षेत्रमा निरन्तर काम गर्ने बताए ।

 

lcci
You might also like

Comments are closed.