पोखरा । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको एसिस्टेन्ट जनरल म्यानेजर (एजिएम) तथा गण्डकी प्रदेश प्रमुखमा टुल्कनाथ आचार्य (टिएन) नियुक्त भएका छन् । युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्ज मर्जर भइ बनेको हिमालयन लाइफ इन्स्योरेन्सको प्रदेश प्रमुखको जिम्मेवारी कम्पनीले आचार्यलाई दिएको हो ।
मर्जर अगाडि युनियन लाइफको पनि गण्डकी प्रदेश प्रमुख भएर उनले काम गरेका थिए । आचार्य इन्स्योरेन्स क्षेत्रमा बिगत १३ वर्षदेखि सक्रिय छन् । मर्जर पश्चात प्रदेशमा कम्पनीले २२ वटा शाखामार्फत सेवा प्रदान गरिरहेको छ ।
३ वटा संस्था मर्जर पश्चात पनि प्रदेश प्रमुखको भूमिका पाउँदा थप जिम्मेवारी बोध भहसुस भएको आचार्यले बताए । ‘बिगत भन्दा अझै सशक्त तरिकाले कम्पनीलाई अगाडि बढाउन म सक्रिय रहनेछु,’ उनले भने ।
बिमीत, अभिकर्ता र कर्मचारीलाई एकढिक्का बनाई आउँदा दिनमा बिमा क्षेत्रमा उदाहरणीय काम गरी अगाडि बढ्ने आचार्यले बताएका छन् ।
Comments are closed.