काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन् ।
कम्पनीको बैशाख २७ गते बसेको संचालक समितिकोे बैठकले उनलाई नियुक्ति सिफारिस गरी स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पेश गरेकोमा कम्पनीको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणबाट जेठ ५ गतेकोे पत्र मार्फत स्वीकृति प्राप्त भएको हो ।
जेठ ९ गते बसेको संचालक समितिको बैठकमा श्रेष्ठले कम्पनीका अध्यक्ष हेमराज ढकालबाट शपथ ग्रहण गरेका छन् । सो अवसरमा कम्पनीको संचालक समिति तथा व्यवस्थापनबाट युगेशभक्त बादे श्रेष्ठलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ ।
Comments are closed.