हिमालयन लाइफ इन्स्योरेन्सको बागमती प्रदेश प्रमुखमा ढुंगाना नियुक्त

काठमाडौं । साविकको प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी मर्जर भइ बनेको हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको बागमती प्रदेश प्रमुखमा हरिप्रसाद ढुंगाना नियुक्त भएका छन् ।

कम्पनीका सहायक महाप्रवन्धक समेत रहेका ढुंगानाले कम्पनीको बागमती प्रदेशको नेतृत्वको जिम्मेवारी पाएका हुन् । उनी यस अगाडि युनियन लाइफको पनि बागमती प्रदेश प्रमुख रहेर काम गरेका थिए ।

ढुंगानाले बिमा क्षेत्रमा लामो अनुभव संगालेका छन् ।

बिमा क्षेत्रमा स्थापित तीन वटा कम्पनी मर्जर भइ बनेको कम्पनीको प्रदेश प्रमुखको जिम्मेवारी प्राप्त गर्दा कम्पनीप्रति थप दायित्व बढेको र आफूले जिम्मेवारीलाई कुशलतापूर्वक बहन गर्ने ढुंगानाले बताए ।

You might also like

Comments are closed.