फेवा किनारमा रहेको रत्नमन्दिर पर्यटक र सर्वसाधरणका लागि खुल्ला

पोखरा । पोखराको लेकसाइडस्थित फेवा किनारमा रहेको रत्नमन्दिर खुल्ला गरिएको छ । गणतन्त्र दिवसको दिन सोमबार विशेष कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले रत्नमन्त्री खुल्ला गरेका हुन् ।

रत्नमन्दिर खुल्ला भएसँगै अब सर्वसाधरण तथा पर्यटकले प्रत्यक्ष अवलोकन गर्न पाउने भएका छन् । रत्नमन्दीर खुल्ला गर्ने अभियानमा साथ तथा सहयोग गर्ने सम्पूर्णप्रति पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आभार व्यक्त गरेका छन् । ‘रत्नमन्दीर सर्वसाधरण तथा पर्यटकका लागि खुल्ला हुन महत्वपूर्ण उपलब्धी हो,’ उनले भने ।

पूर्व राजपरिवारका सदस्य पोखरा आउँदा रत्नमन्दीरमा बस्ने गर्दथे । राजा महेन्द्रले रानी रत्नको नाममा बि.सं. २०१३ मा पोखरामा दरबार निर्माण गरेका हुन् ।

यो सम्पत्ती पछिल्लो समय नेपाल ट्रष्टको नाममा आएको छ ।

You might also like

Comments are closed.