पोखरा । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले पोखरामा ‘ग्राण्ड मोटिभेसनल’ कार्यक्रम सम्पन्न गरेको छ ।
साविकको युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स मर्जर पछि बनेको कम्पनीले पोखरामा बृहद कार्यक्रम गरेको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णको प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा ५ सय ५० जनाको उपस्थिति रहेको कम्पनीका प्रदेश प्रमुख टुल्कनाथ आचार्यले जानकारी दिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कर्णले बचत तथा सुरक्षाका लागि जीवन बीमाको महत्व रहेको बताए ।
Comments are closed.