नेपाल मैदा उद्योग संघको अध्यक्षमा कुमुद कुमार दुगड

काठमाडौं । कुमुद कुमार दुगडको अध्यक्षतामा नेपाल मैदा उद्योग संघको १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । आइतबार सम्पन्न २३ औं बार्षिक साधारण सभा तथा अधिबेशनले दुगडलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

संघलको प्रथम उपाध्यक्षमा दिनेश कुमार अग्रवाल, द्वितीय उपाध्यक्षमा अरुण गोयनका, तृतीय उपाध्यक्षमा विकास बेगवानी, महासचिवमा राधेश्याम अग्रवाल, सचिवमा आनन्द ओझा, सचिव धिरज गोल्छा, सँजय अग्रवाल, कोषाध्यक्षमा बिनोद कुमार अग्रवाल चयन भएका छन् ।

साधारण सभाले मैदा सतप्रतिशत कृषि प्रोसेसिङ उद्योग भएकोले सरकारले मैदालाई कृषि उद्योगमा राखि सुबिधा दिन पहल गर्ने, नेपालमा गहुंको उत्पादन बढाउन नेपाल सरकार, किसान र ब्यवसायी मिलेर दिर्घकालिन नीति तर्जुमा गर्ने, नेपालमा उत्पादित गहुँले मात्र नपुग्ने हुंदा भारतबाट आयात गर्नु पर्ने बाध्यताकारी परिस्थितिलाई सहज बनाउने लगायतका विभिन्न निर्णय गरेको छ ।

jutta mela

नेपाल सरकारबाट निर्यात अनुदान दिएमा चिन लगाएत तेस्रो मुलुकमा मैदा निर्यात गर्न सकिने हुंदा उद्योग संरक्षणको लागि निर्यात अनुदान प्रदान गर्नुपर्ने, बैकब्याज एकल बिन्दुमा कायम गर्न पहल गर्ने, उद्योगकै नाममा गहुं आयात गर्दा भन्सार दर १५ हुनपर्ने उनिहरुको माग छ ।

करिव १७०० करोड लगानी रहेको मैदा उद्योगले प्रत्यक्ष रुपमा ४ हजार भन्दा बढीलाई रोजगारी दिईरहेको र किसान परिवालाई पनि फाईदा हुने हुंदा नेपाल सरकारबाट मैदा उद्योगलाई उचित संरक्षण भएमा देशको औद्योगिक क्षेत्रमा उल्लेखनिय योगदान पुग्ने व्यवसायीले बताएका छन् ।

You might also like

Comments are closed.