केयर एण्ड क्युअर मल्टिस्पेसियालिटी हस्पिटल शल्यक्रिया सफल

ललितपुर । केयर एण्ड क्युअर (सि एण्ड सी) मल्टिस्पेसियालिटी हस्पिटल शल्यक्रिया सफल भएको छ । ललितपुरको कुसुन्ती हाइटमा हालै सञ्चालनमा आएको हस्पिटलले पाठेघरको मुखमा पलाएको ट्युमरको शल्यक्रिया गर्न सफल भएको हो ।

स्त्री रोग विशेषज्ञ डा. समिधा श्रेष्ठ, एनेस्थेसियोलोजिस्ट/इन्टेन्सिभिस्ट/आईसीयू विशेषज्ञ डा. प्रज्ज्वल, डा. बिजु वैद्य, नर्स रीना महर्जन, प्रेक्षा बिके, अमृता श्रेष्ठ, टेक्निसियन प्रेम ओलीको टोलीले अप्रेसन गरेको हो ।

२५ बेड क्षमताको उक्त हस्पिटले विशेष छुटसहित स्वास्थ्य उपचार सेवा प्रदान गरिरहेको फ्रन्ट डेस्क सुपरभाइजर रोशन बस्नेतले जानकारी दिए । स्वास्थ्य तथा व्यावसायिक क्षेत्रमा लामो अनुभव संगालेका व्यक्तिहरुको आबद्धतामा सञ्चालनमा आएको हस्पिटल सञ्चालनमा आएको हो ।

नेपालमा अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित नयाँ व्यवस्थापनमा हस्पिटल सञ्चालनमा आएको प्रशासन प्रमुख सुरुची खड्काले जानकारी दिइन् । विशेष विशेज्ञष तथा ख्यातीप्राप्त डाक्टरहरुले हस्पिटलबाट सेवा प्रदान गरिरहेका छन् ।

 

You might also like

Comments are closed.