प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा रमेश कुमार भट्टराई

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेश कुमार भट्टराई नियुक्त भएका छन् । भट्टराईनियुक्तिलाई नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएको छ ।

आगामी असार २९ गतेदेखि प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको एकिकृत कारोबार शुरु गर्ने निर्णय पनि भईसकेको छ ।

व्यवस्थापनमा स्नातकोत्तर र कानूनमा स्नातकगरेका भट्टराई महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको स्थापनाकाल देखि नै प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गर्दै आएका छन् । उनि विगत ४२ वर्षदेखि बैंक र बीमा क्षेत्रमा निरन्तर सेवारत छन् ।

महालक्ष्मी फाइनान्स लिमिटेड, नेपाल लाईफ इन्स्योरेन्स, एशियन लाईफ इन्स्योरेन्स, महालक्ष्मी बिकास बैंक लिमिटेडमा काम गरेको अनुभव उनिसँग छ ।

You might also like

Comments are closed.