नेपाल पत्रकार महासंघको स्थापना दिवस कास्की शाखाले मनायो

पोखरा, १६ चैत । नेपाल पत्रकार महासंघको ६४औं स्थापना दिवस शनिबार कास्की शाखाले मनाएको छ । शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम गरी महासंघको स्थापना दिवस मनाइएको हो ।

कार्यक्रममा वोल्दै शाखाका पूर्व अध्यक्ष वद्रिविनोद प्रतीकले नेपालमा सामाजिक तथा राजनीतिक परिवर्तनको लागि पत्रकार महासंघ र पत्रकारको योगदान महत्वपूर्ण रहेको बताए । पत्रकार आचारसंहितालाई कडाइका साथ पालना गर्नुपर्ने उनले बताए । मिडियामा सेन्सरसिप लगाउन नहुने तथा सेन्सरसिप मान्य नहुने पूर्व अध्यक्ष पुण्यप्रसाद पौडेलले बताए । स्वतन्त्र पत्रकारिता माथि समय समयमा हुने आक्रमण मान्य नहुने पूर्व अध्यक्ष रवीन्द्र प्रसाद बास्तोलाले बताए ।

कार्यक्रममा बोल्दै शाखाका कार्यबहाक अध्यक्ष बिमलाभण्डारीले कास्की शाखाले वर्तमान कार्यकालमा उत्कृष्ट कार्य गरेको भन्दै शाखामा आबद्ध सम्पूर्ण सदस्यहरुलाई धन्यवाद ज्ञापन गरिन् । कार्यक्रममा महासंघका पूर्व केन्द्रीय सदस्य सुष्मा पौडेल, बानका महासचिव दुर्गा अधिकारी, प्रेश संगठन नेपालका केन्द्रीय सदस्य श्याम कुवँर, संचारिका समूह पश्चिमाञ्चलका अध्यक्ष स्मीता अधिकारी, कान्तिपुर दैनिकका व्युरो प्रमुख भीम घिमिरे, डब्लुडब्लुजेका अध्यक्ष सरिता तिमल्सेना पंगेनी, पत्रकार शिवराज बस्ताकोटी, हिमनिधी लौडारी लगायतले बोलेका थिए । कार्यवहाक अध्यक्ष बिमला भण्डारीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन शाखा सचिव रामप्रसाद तिमिल्सिनाले गरेका थिए ।

You might also like

Comments are closed.