द्वितीय भाइस गभर्नरका लागि चुनावी चहलपहल, रोकाको उम्मेदवारी प्रस्तुत

पोखरा, ५ फागुन । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको छैटौं कन्भेन्सन मिति नजिकिएसँगै चुनावी चहलपहल सुरु भएको छ । डिष्ट्रिक्ट गभर्नरको लाइनमा बस्न द्वितीय भाइस गभर्नर बन्नैपर्ने बाध्यता छ ।

यसै क्रमममा लायन वर्ष २०१८÷१९ का लागि द्वितीय भाइस गभर्नरमा वर्तमान चिफ एडभाइर मन बहादुर रोकाले उम्मेदवारी प्रस्तुत गरेका छन् । आगाामी वैशाख ७ र ८ गते पोखरामा डिष्ट्रिक्टको छैटौं महाधिवेशन हुँदैछ ।

गभर्नरको कार्यकालमा गर्ने कामका योजनासहित रोकाले उम्मेदवारी प्रस्तुत गरेका छन् । यस वर्षका डिष्ट्रिक्ट गभर्नर धनराज आचार्यले चिफ एडभाइजर मनोनित गरेदेखि नै रोकाले चुनावी अभियानको आन्तरिक गृहकार्य गरेका थिए ।

सन् २००३ मा लायन मेम्बर बनेका रोका लायन्स क्लब अफ काठमाडौं सामाखुसीको सन् २००८÷०९ मा अध्यक्ष बनेका थिए । त्यसपछि उनी वर्षेनी डिष्ट्रिक्टको विभिन्न जिम्मेवारीमा रहँदै आएका छन् । द्वितीय भाइस गभर्नरमा आफू अत्याधिक मतका साथ विजयी हुने रोकाले दावी गरेका छन् ।

यसैबीच मनिश्री बज्राचार्यले पनि उम्मेदवारी दिने तयारी गरेका छन् । उनी गत वर्ष ईन्दु लम्सालसँग पराजित भएका थिए । हरि मरठ्ठाले उम्मेदवारी दिने चर्चा चलेपनि अन्तिम समयमा आएर पुन मनिश्रीलाई नै उम्मेदवारी बनाउने तयारी भएपछि यस वर्षपनि द्वितीय भाइस गभर्नरमा चुनाव नै हुने संकेत देखिएको छ । बज्राचार्यले उम्मेदवारी दर्ता नगरेपनि फेसबुकबाट उम्मेदवारी दिने सार्वजनिक गरेका हुन् ।

You might also like

Comments are closed.