‘गरिमा रेमिट’ सेवा अब नेपाल इन्भेष्टमेण्ट बैंकबाट पनि

आर्थिक आवाज
पोखरा, २१ चैत । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले ‘गरिमा रेमिट‘ सेवा प्रवाह गर्ने भएको छ । उक्त सेवाका सम्बन्धमा गरिमा विकास बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकबीच सम्झौता भएको छ ।

गरिमा विकास बैंक लिमिटेडको तर्फबाट विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले सम्झौता पत्रमा हालै हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात हाल देशभर रहेका नेपाल इन्भेष्टमेण्ट बैंकका ७८ वटा शाखा कार्यालय र १२ वटा एक्सटेन्सन काउण्टरबाट गरिमा रेमिट मार्फत रकम भुक्तानी गर्न तथा खातामा जम्मा गर्न सकिनेछ ।

You might also like

Comments are closed.