पोखरा रोयलको २२औं साधारण सभा सम्पन्न, कर्मचारीलाई विभिन्न सम्मान र पुरस्कार

पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । २०८० आश्विन ६ गतेदेखि ९ गते सम्म एकईगत रुपमा विभिन्न स्थानमा सम्पन्न भएको साधारण सभामा ६०.२० प्रतिशत सदस्यको उपस्थिति थियो । साधारण सभाले आ.व.२०७९/०८० को नाफाबाट शेयर सदस्यहरुलाई १२ प्रतिशत नगद लाभांश समेत पारित गरेको छ । यसैगरि संरक्षित पूँजी फिर्ता कोषबाट बचत कारोबार तर्फ २.८१ प्रतिशत र ऋण तर्फको कारोबारमा २.६७ प्रतिशत अतिरिक्त लाभ वितरण गर्ने निर्णय गरेको छ ।

संस्थाको २२औं वार्षिक साधारण सभाको समापन तथा एकाई प्रतिनिधीहरुको निर्णय प्रमाणीकरण सभाको अवसरमा संस्थाका अध्यक्ष रुद्रकुमारी गुरुङ र प्रमुख कार्यकारी अधिकृत भीम गुरुङबाट उत्कृष्ठ कारोबार गर्ने सदस्य, केन्द्र र कर्मचारीहरुलाई विभिन्न विधामा सम्मान एवं पुरस्कृत गरिएको छ । वर्ष उत्कृष्ठ सदस्य तर्फ गंगाबहादुर गुरुङ र विन्दुकुमारी गुरुङलाई नगद पुरस्कार र सम्मानपत्र, वर्ष उत्कृष्ठ कर्मचारी बिजय गुरुङलाई नगद, एक ग्रेड थप र शिल्डले सम्मान गरिएको छ ।

लघु वित्त कार्यक्रम तर्फ उत्कृष्ठ ३ वटा केन्द्रलाई नगद पुरस्कार तथा सम्मान पत्रबाट विभुषण गरिएको छ । पुरस्कृत हुने केन्द्रहरुमा फिरफिर रोयल केन्द्र कास्की प्रथम, लालिम रोयल केन्द्र तनहुँ द्धितीय र जयभूमि रोयल केन्द्र कास्की तृतीय हुन सफल भएको छ । त्यसरी नै बाल बचत तर्फ उत्कृष्ठ भएका शेयर सदस्य नारायण बहादुर क्षेत्रीका सुपुत्र आशिष क्षेत्रीलाई नगद पुरस्कार र शैक्षिक सामाग्री प्रदान गरिएको छ भने यस वर्ष दुलेगौंडा सेवाकेन्द्र उत्कृष्ठ सेवाकेन्द्रको रुपमा सम्मानित भएको छ ।

त्यसरी नै कार्यक्रममा १० वर्ष सेवावधि पुरा गरेका १४ जना कर्मचारीहरुलाई दशक सेवा पदक बाट सम्मान गरिएको छ । यसरी सम्मानित हुने कर्मचारीहरुमा मूख्य प्रवन्धक मीलन ढकाल लगायत परमेश्वर दाहाल, उमनाथ आचार्य, अभिषेक गुरुङ, लिलाधर पौडेल, डिलकुमारी गुरुङ, देवी गुरुङ, टंकबहादुर गुरुङ, सन्तोष पौडेल, सरिता ढकाल बराल, डिल्लीराम ढकाल, श्रीधर आचार्य, दीपा ठकुरी, ज्ञानु महत बोहोरा र नारायण सुवदी रहेका छन् ।

एकाईगत सञ्चालित साधरण सभाहरुमा सञ्चालक समितिको तर्फबाट अध्यक्ष रुद्रकुमारी गुरुङ, लेखा तथा सुपरिवेक्षण समितिको तर्फबाट संयोजक हर्कबहादुर गुरुङ, नीति तथा कार्यक्रम र बजेट प्रमुख कार्यकारी अधिकृत भीम बहादुर गुरुङ, लेखा परिक्षक चार्टर्ड एकाउन्टेन्ट राजकुमार फुँयालद्वारा तयार गरिएको प्रतिवेदन मूख्य प्रवन्धक मीलन ढकाल र विशेष प्रस्ताव सचिव केशवप्रसाद ढकालद्वारा प्रस्तुत गरिएको प्रतिवेदनहरु सदस्यहरुको सुझाव सहित सर्वसम्मत रुपमा पारित गरिएको छ ।

हाल संस्थामा ८७९७ जना सदस्य, २१ करोडको ३ लाख शेयर पुँजि, १८ करोड ५२ लाख जगेडा कोष,१ अर्व ६४ करोड बचत, १ अर्व ७६ करोड ऋण लगानी र कुल वासलात २ अर्व २८ करोड पुगेको छ । हाल संस्थाको प्रधान कार्यालय लगायत ३ वटा सेवाकेन्द्रहरु सञ्चालनमा छन । चालु वर्षमा संस्थाले सदस्यसंग रोयल अभियान मार्फत मिसन १०० गतिवधी, मासिक नियमित बचत वृद्धि, २५०० सदस्यलाई प्रविधीमा जोड्ने, ५ हजार सदस्यलाई स्मार्ट कार्ड वितरण गर्ने, एकका लागि एक अभियान मार्फत सदस्य वृद्धि गर्ने, कूल सम्पत्तिमा १० प्रतिशत वृद्धि गर्ने र संस्थाको परिकल्पना ‘सुखी सदस्य, दिगो सहकारी’ को अभिभारा पुरा गर्ने गतिविधीमा केन्द्रित हुने गरि संकल्प प्रस्ताव समेत पारित गरेको संस्थाका सूचना अधिकारी मीलन ढकालले बताए ।

 

lcci
You might also like

Comments are closed.