टिभिएस एनटर्क १२५ सीसी ड्रम रेड महा–एक्सचेन्ज महोत्सवमा सार्वजनिक

काठमाडौं । नेपालको लागि टिभिएस् स्कुटर र मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस महा एक्सचेन्ज महोत्सवमा एनटर्क १२५ सीसी ड्रम रातो रङमा सार्वजनिक गरेको छ । राम्रो माइलेज दिने एनटर्क १२५ सीसी ड्रममा स्मार्टकनेक्ट र ब्लुटुथ कनेक्टिभिटी पनि उपलब्ध छ ।

शंकर ग्रुपका एक्जिक्युटिभ डाइरेक्टर अखिल गुप्ताले भने, “ग्राहकवर्गको उच्च मागलाई मध्यनजर गर्दै टिभिएस एनटर्क ड्रमलाई बोल्ड रातो कलरमा लन्च गर्न पाउँदा हामी हर्षित छौँ । सडकमा आफ्नो साहस देखाउन चाहने जो कोहीको लागि यो स्कुटर उपयुक्त हुनेछ । हाम्रा अमूल्य ग्राहकहरूका लागि उच्च गुणस्तरीय जीवनशैली सुनिश्चित गर्न थप रोमाञ्चक सवारी साधनहरू र अपग्रेडहरू ल्याउने प्रयासमा हामी निरन्तर लागिरहेका छौँ ।“

टिभिएस एनटर्क ड्रममा ९.४ पीएस पावर सहितको बलियो १२५ सीसी इन्जिन रहेको छ । यसको स्मार्ट कनेक्टले नेभिगेसन, पार्क गर्दाको स्कूटरको लोकेसन थाहा पाउन सजिलो बनाएको छ । स्लीक डिजाइन स्टेल्थ एयरक्राफ्टबाट प्रेरित यस स्कुटरमा राइड पनि स्मुद र सहज हुने कम्पनीले जनाएको छ । ’टि’ आकारको रियर ल्याम्पले यस स्कुटरलाई सजिलै चिन्न सकिने बनाउनुका साथै थप सुरक्षाका लागि उत्कृष्ट भिजिबिलिटी पनि सुनिश्चित गर्दछ । स्पोर्टी स्टबी मफलरले यसको स्पोर्टी लुक प्रदान गर्ने मात्र होइन स्कुटरको पर्फरमेन्समा पनि योगदान पु¥याउँछ ।

ठूला १२ इन्चका टाएरहरुका साथ एनटर्क १२५ ड्रम भेरियन्टले आरामदायी र सुरक्षित सवारी सुनिश्चित गर्दै सडकमा स्थिरता र ग्रिप प्रदान गर्दछ। बोल्ड र चंकी टायरहरूले विभिन्न भू–भागहरूमा उत्कृष्ट पकड प्रदान गर्नेछ जसले यस स्कुटरलाई उत्कृष्ट टु–व्हीलर साबित गर्नेछ ।
साथै ब्याटविङ–स्टाइलको डेटाइम लाइटले स्कूटरलाई फरक बनाउनुका साथै भिजिबिलिटी बढाउँछ जसले दिनको समयमा पनि सुरक्षित राइड प्रोत्साहन गर्छ । स्पोर्टी स्प्लिट ग्रेब रेलको एडिसनले यात्रुहरूलाई राइडमा सुरक्षित रूपमा समात्न मिल्नेछ। पछाडिको भेन्टहरूले स्कुटरलाई सहज रूपमा चल्न मद्दत गर्नुका साथै हिट लस पनि कम गर्नेछ । त्यसैगरी, गेमिङ कन्सोलबाट प्रेरित स्पीडोमिटरले आधुनिकताको टच थप्नुका साथै राइडको समयमा एकै झलकमा महत्त्वपूर्ण जानकारी पनि प्रदान गर्दछ । टिभिएस एनटर्क ड्रम रेडको मूल्य २ लाख ३५ हजार ९ सय रुपैयाँ रहेको छ ।

काठमाडौंको भृकुटीमण्डपमा संचालित टिभिएस महाएक्सचेन्ज महोत्सव आगामी शनिबारसम्म जारी रहनेछ । यस महोत्सवमा ग्राहकले कुनै पनि बाइक र स्कुटर टिभिएस ब्रान्डका प्रोटक्टसँग एक्सचेन्ज गर्दा ५० हजार रुपैयाँको थप एक्सचेन्ज भ्यालु पाउन सक्नेछन् । साथै यस महा एक्स्चेन्ज महोत्सवमा शुन्य प्रतिशत ब्याजदरमा २५% सम्मको डाउन पेमेन्टमा टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्न सकिनेछ भने हेल्मेट, बाइक कभर र ब्याग पनि निशुल्क रुपमा प्राप्त गर्न सकिनेछ । त्यसै गरी यस महोत्सवमा नकिन्दा एक लाख र किन्दा ५ लाखसम्मको नगद छुट पनि प्राप्त गर्न सकिनेछ भने बम्पर उपहारमा १० लाखसम्म जित्न सक्ने बताइएको छ ।

You might also like

Comments are closed.