अन्तर्राष्ट्रिय व्यापार मेलामा ‘ओखती’ बिक्री तथा प्रदर्शनीमा राखिने

काठमाडौं । ‘नवौं अन्तर्राष्ट्रिय व्यापार मेला २०८०’ मंसिर १४ देखि १८ सम्म भृकुटीमण्डप काठमाडौंमा हुने भएको छ । मेलामा स्वदेशी तथा विदेशी वस्तु तथा उत्पादहरु बिक्री तथा प्रदर्शनीमा राखिनेछ ।

यसैबीच, मेलामा नेपाली उत्पादन ‘ओखती’ पनि बिक्री तथा प्रदर्शनीमा राखिने भएको छ ।

श्री जयकाली जडिबुटी उद्योग प्रालिद्वारा उत्पादित ओखती ब्राण्डका उत्पादनहरु मेलाको स्टल नं. ९ मा राखिने कम्पनीले जनाएको छ ।

मेलामा नेपालसहित चीन, बंगलादेश, भारत र पाकिस्तानको सहभागिता रहनेछ ।

You might also like

Comments are closed.