व्यापार मेलामा अटो पेभेलियन

पोखरा । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा यही मंसिर २१ गते देखि पुस १ गतेसम्म राष्ट्रिय औद्योगिक व्यापार मेला २०८० हुँदैछ ।

मेला परिसरमा पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएसन पोखरा (वाडा) को व्यवस्थापनमा अटो पेभेलियन बन्ने भएको छ ।
बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि अटोमोबाइल स्टलहरुको सम्पूर्ण व्यवस्थापन वाडाले गर्नेछ ।

मेलाको मुख्य आकर्षण अटोमोबाइलका स्टलहरु बन्ने अपेक्षा गरिएको छ । अटो व्यवसायलाई थप चलायमान बनाउन व्यापार मेलाले सकारात्मक योगदान पुग्ने आयोजकको विश्वास छ ।

You might also like

Comments are closed.