सुनको मूल्यमा नयाँ रेकड, कतिमा भईरहेको छ कारोबार ?

काठमाडौं । आज सोमबार पनि सुनको मूल्य बढेको छ । आइतबारको तुलनामा सोमबार सुनको मूल्य ८ सय रुपैयाँले बढेको हो ।

सोमबार छापावाला सुन प्रतितोला १ लाख २१ हजार ६ सय रुपैयाँमा र तेजावी सुन प्रतितोला १ लाख २१ हजार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला १ हजार ५ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

You might also like

Comments are closed.