नाडामा ऐतिहासिक सहमतिः सम्पूर्ण कार्यसमिति नै सर्बसम्मत

काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)मा सम्पूर्ण कार्यसमिति नै सर्वसम्मत निर्वाचित भएको छ । अध्यक्षमा करण चौधरीको मात्रै मनोनयन दर्ता भएको छ । कार्यसमिति सदस्यमा पनि आवश्यक संख्यामा मात्रै मनोनयन दर्ता भएपछि कार्यसमिति नै सर्वसम्मत बनेको हो ।

कार्यसमिति सदस्यमा साधारण सदस्यहरुको तर्फबाट राजनबाबु श्रेष्ठ, सुरेन्द्रकुमार उप्रेती, मीलनबाबु मल्ल, दीपेन्द्र कुमार मिश्र, पंकज अग्रवाल, कपिल शिवाकोटी, विक्रम सिंहानिया, नवराज भुसाल, आकाश गोल्छा, निराकार श्रेष्ठ, सुनिल रिजाल, प्रदिपमान प्रधान, संजयकुमार खेतान, सौरभ थापा, ऋद्धि कार्की, यमुना श्रेष्ठ र प्रकाश कपुरी निर्वाचित भएका छन् ।

त्यस्तै, संस्थागत सदस्यका तर्फबाट सञ्जयकुमार श्रेष्ठ (मोरङ अटोमोबाइल एसोसिएसन), तेज नारायण शाह (जानकी अटोमोबाइल एसोसिएसन), कुलबहादुर क्षेत्री (चितवन अटोमोबााइल एसोसिएसन) र कृष्णप्रसाद श्रेष्ठ (पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन), गणेशप्रसाद भट्टराई (लुम्बिनी अटोमोबाइल एसोसिएसन अफ नेपाल), भद्र भण्डारी (कर्णाली अटोमोबाइल एसोसिएसन), पुस्करराज ओझा (सुदुर पश्चिम अटोमोबाइल डिलर्स एसोसिएसन) कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् ।

निर्वाचित कार्यसमिति सदस्यहरुबाट अब पदाधिकारी चयन हुनेछ ।

नाडाको आगामी कार्यकालको लागि अध्यक्ष लगायत सम्पूर्ण कार्यसमिति टिम नै निर्विरोध निर्वाचित हुनु ऐतिहासिक सहमतिको उदाहरण भएको नाडाका अध्यक्ष ध्रुव थापाले बताए ।

‘यो ऐतिहासिक सहमति तथा सहकार्यका लागि प्रत्यक्ष तथा परोक्ष रुपमा योगदान गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद तथा आभार ब्यक्त गर्दछु,’ उनले भनेका छन् ।

सबैको साथ र सहयोगका कारण नाडाको अबको कार्यसमिति सर्वसम्मत बन्न सफल भएको नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेतीले बताए ।

यो सहमतिले व्यवसायीहरुबीच एकताको सन्देश दिन आफूहरु सफल भएको नाडाका कोषाध्यक्ष मीलनबाबु मल्लले बताए ।

 

You might also like

Comments are closed.