काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको आयोजनामा कम्पनीले पालना गर्नुपर्ने अनुपालन तथा AML/CFT तालिम तथा सेमिनार सम्पन्न गरेको छ ।
चन्द्रागिरी हिल्स, काठमाण्डौंमा कम्पनीका संचालक समितिका सदस्य तथा उच्च व्यवस्थापनको रोहवरमा कम्पनीका ७ वटै प्रदेशका प्रमुखहरु तथा विभागीय प्रमुखहरुको समेत सहभागितामा शनिबार कार्यक्रम भएको हो ।
उक्त अवसरमा कम्पनीका अनुपालन विभागका प्रमुख प्रकाश कोइरालाले संचालक समितिका सदस्य, उच्च व्यवस्थापन, विभागीय प्रमुख तथा प्रदेश प्रमुखहरुलाई अनुपालन तथा AML/CFT को बारेमा विस्तृत रुपमा जानकारी गराए ।
सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेश्भक्त बादे श्रेष्ठले हरेक शाखा, प्रदेश तथा विभागीय प्रमुखले आफ्नो दैनिक काम कारवाही गर्दा कम्पनीका नियमक निकायहरुले दिइएको निर्देशन, ऐन नियम, कानून र उच्च व्यवस्थापनबाट समय समयमा जारी हुने परिपत्र समेतको अक्षरस पालना गरी ग्राहकलार्इ सेवा प्रदान गर्नुपर्ने बताए । आफ्नो दैनिक काम कारवाहीमा सोलाई पूर्ण रुपमा पालना गरी अगाडि बढ्न निर्देशन दिए ।
सोही अवसरमा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले सबै विभागीय प्रमुखमार्फत सबै विभागका कर्मचारीहरु तथा प्रदेश प्रमुख मार्फत शाखाका सम्पूर्ण कर्मचारीहरुलाई दैनिक रुपमा हरेक कार्य गर्दा ऐन, नियम, निर्देशन तथा परिपत्रहरुको पालना गरेर मात्र कार्य गर्न निर्देशन दिए ।
Comments are closed.