काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंले कतार पठाईदिन्छु भनी रकम ठगी गर्ने एक युवकलाई प्रक्राउ गरेको छ ।
सिरहा विष्णुपुर गाउँपालिका २ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका ४ ईमाडोल बस्ने २४ वर्षीय मनोजकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो ।
साहले डम्बरकुमार पाहिकलाई वैदेशिक रोजगारीको लागि कतार पठाईदिन्छु भन्दै पटक–पटक गरी २ लाख ९० हजार रकम लिएर सम्पर्कविहिन भई ठगी गरेकाले यही माघ १५ गते दिउँसो साढे चार वजेको समयमा ईमाडोलबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा सुचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।
ठगी आरोपमा पक्राउ परेका साहलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरी उपरीक्षक रेग्मीले बताए ।
डम्बरकुमारलाई कतार पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति २ लाख ९० हजार लाग्ने र कतार पुुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक ४५ हजार तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी रकम लिई सम्पर्कविहिन बनेका मनोजकुमारले प्रहरीले खोजतलासी गरी पक्राउ गरेको छ ।
Comments are closed.